इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज « Khabarhub

इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज

इंग्ल्यान्डमाथि ६ रनको जित


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेलको अन्तिममा भारतले नाटकीय जित हात पारेपछि इंग्ल्यान्डसँगको शृङ्खला २-२ को बराबरीमा सकिएको छ।

पाँचौँ तथा अन्तिम टेस्टको अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ३५ रन आवश्यक थियो। ३५ रन बनाउन उसँग चार विकेट साथमा थियो। भारत जित्ने सम्भावना नदेखिएको सो खेलमा मोहम्मद सिराजले सानदार बलिङ गरे। उनले सोमबार बिहानको तीनसहित पाँच विकेट लिएपछि भारत ६ रनले विजयी भएको हो।

३७४ रनको लक्ष्य पाएको इंग्ल्यान्ड ३६७ रनमा सीमित भएको हो। सोमबार खेलको समाप्ति पछि भएको पत्रकार सम्मेलनमा मोहम्मद सिराजले आफू फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको फ्यान भएको तथा सो जितका लागि रोनाल्डोबाट प्रेरणा मिलेको बताएका छन्।

पत्रकार सम्मेलनमा बताए अनुसार अन्य दिन ८ बजे उठ्ने गरेका सिराजले सोमबार बिहान ६ बजे उठेर मोबाइलको वाल पेपरमा रोनाल्डोको फोटो राखेका थिए। सङ्कटको समयमा पनि टोलीको उद्धार गर्नसक्ने खुबी भएका रोनाल्डोलाई सम्झेर उनले आफू खेलको दिशा परिवर्तन गर्न सक्ने कुरामा विश्वास जुटाएको सिराजले बताए।

यसपछि उनले बलिङ प्रशिक्षक र सिनियर बलर जसप्रित बुमराहसँगै बसेर अन्तिम दिनका लागि बलिङको योजना बुनेका थिए। दुई पारीमा गरी ९ विकेट लिएका सिराज प्लेयर अफ द म्याच भए भने भारतीय कप्तान शुभमन गिल म्यान अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४६ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको