गाजाका युद्ध रोक्न इजरायलका पूर्व अधिकारीले लेखे ट्रम्पलाई पत्र « Khabarhub

गाजाका युद्ध रोक्न इजरायलका पूर्व अधिकारीले लेखे ट्रम्पलाई पत्र


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

इजरायल – गुप्तचर निकायका पूर्वप्रमुखसहित गाजामा छ सय जना अवकाश प्राप्त सुरक्षा अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन्। उनीहरुको पत्रमा गाजा युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने उल्लेख छ।

आफ्नो पेसागत ज्ञानको आधारमा हमास अब इजरायलका लागि चुनौती नभएको ठहर गर्दै उनीहरुले ट्रम्पलाई पत्र लेखेको उल्लेख गरेका छन्।

पत्रमा इजरायली सरकारलाई सही बाटोमा लैजाने क्षमता ट्रम्पसँग भएको उल्लेख गरिएको छ। यो युद्ध अन्त्य अपरिहार्य भएको उनीहरुको निष्कर्ष छ।

हमाससँग युद्ध विरामको लागि भएको अप्रत्यक्ष वार्ता स्थगित भएपछि बेन्जामिन नेतान्याहुले गाजाका आक्रमण बढाउने धारणा सार्वजनिक गरेपछि पूर्व अधिकारीले ट्रम्पलाई पत्र लेखेका हुन्।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दै २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको हो। त्यसयता भएको आक्रमणमा ६० हजार भन्दा बढीको ज्यान गइसकेको छ। सोमबार मात्र इजरायली आक्रमणमा ९० जना भन्दा बढीको ज्यान गएको छ।

अहिले कुपोषणका कारण समेत गाजामा हरेक दिन धेरै जनाले ज्यान गुमाइ रहेका छन्।

खानेकुराका लागि याचना गर्दै गाजाबासी । तस्बिरः बिबिसी

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : २० बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक