पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिरोले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौंलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।

उनले अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको बताए । उनका अनुसार सडक खुल्न अझै केही समय लाग्नेछ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ४४ बजे

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा

नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार

बुटवल-नारायणगढ सडक सञ्चालनमा आउन सकेन

मध्यविन्दु– सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन

छ दिनदेखि बेपत्ता दाजु-बहिनी मृत भेटिए

पाँचथर– छ दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक

बढीपहिरोको जोखिम बढेपछि कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए बैठक, हाइअलर्टमा बस्न निर्देशन

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका