दाङ– अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।
दाङ–सल्यानको सिमाना नजिकै पहिरोले मङ्गलबार बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईले जानकारी दिए ।
लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका– ३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन् ।
सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया