बुटवल-नारायणगढ सडक सञ्चालनमा आउन सकेन « Khabarhub

बुटवल-नारायणगढ सडक सञ्चालनमा आउन सकेन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।  

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले लगातारको वर्षाका कारण अवरुद्ध सडक सञ्चालन गर्न नसकिएको बताए। 

‘पहिरोसँगै वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात अवरुद्ध भएको हो’, उनले भने, ‘दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ‘ग्राभेल’ राखे पनि आवागमन सहज हुन सकेको छैन ।’

दाउन्ने क्षेत्रको सडकमा हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा थप समस्या भएको छ । २४ घण्टादेखि सडक अवरुद्ध भएपछि अहिले सयौँ यात्रु र सवारी चालकहरू बीच बाटोमा रोकिएका छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १२ : ३२ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको