‘कुलिङ पिरियड’मा छेडखानी : संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन « Khabarhub

‘कुलिङ पिरियड’मा छेडखानी : संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीबारे छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

सउमितिका संयोजक एवम् नेपाली कांग्रेसका सांसद जीवन परियारले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरासहितलाई जिम्मेवार ठहर्‍याएको प्रतिवेदन मंगलबार सभामुखलाई बुझाएका हुन् ।

समितिले सभापति खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको किटान गरेको छ । तर उता सभापति खतिवडाले आफू सुरूदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । हिजो पनि र भोलि पनि आफू कुलिङ पिरियडको पक्षमा उभिने बताउँदै उनले छेडखानीमा नैतिक जिम्मेवारी लिने बताएका छन् ।

खतिवडाले खबरहबसँग भने, ‘कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक र राजनीतिक जिम्मेवार बनाएको छ। मैले मेरोतर्फबाट भएको कमजोरीको आज पनि जिम्मेवारी लिन्छु, भोलि पनि लिन्छु ।’

उनले थपे, ‘कुलिङ पिरियड समेटिएको निजामती सेवा विधेयकमा मैले नै हस्ताक्षर गरेर पठाएको हो। त्यसबारे जिम्मेवारी लिन्छु। तर जसले बदमासी गरेको हो, उसलाई कारबाही हुनुपर्छ भनेर म पहिले पनि बोलेको हो ।’

खतिवडाले संसदीय समितिको निर्णयप्रति आफ्नो असहमति नरहेको जनाए । ‘मैले कुलिङ पिरियडबारे उल्लेखित विषय बोल्ड अक्षरमा सही गरेर पठाएको हो। त्यसपछि १५ दिनसम्म सांसदहरूले के हेरेर बसे, किन अध्ययन गरेनन् – मलाई पनि अनौठो लागेको छ।’

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : २६ बजे

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना