रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान « Khabarhub

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडान जारी राख्ने भन्दै मंगलबार पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । 

सभामुख देवराज घिमिरेले बैठकको सुरुवात मै बोल्न अनुमति दिएका सांसद विराजभक्त श्रेष्ठले आन्दोलन जारी रहेको बताए ।

‘जबसम्म यो विषय न्यायोचित सम्बोधन हुँदैन, चित्त बुझ्दो र ठोस कारबाही अगाडि बढ्दैन तबसम्म हामी यो मुद्दा निरन्तर उठाइरहने नै छौँ,’ उनले भने, ‘हामी आन्दोलनबाट पछि हट्ने छैनौँ । र हाम्रो आन्दोलन जारी छ ।’

उनीपछि सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहलाई बोल्ने अनुमति दिएका थिए । सिंहले बोलिसकेपछि रास्वपाका सांसदहरू सदनबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ४९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने