रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान « Khabarhub

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडान जारी राख्ने भन्दै मंगलबार पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । 

सभामुख देवराज घिमिरेले बैठकको सुरुवात मै बोल्न अनुमति दिएका सांसद विराजभक्त श्रेष्ठले आन्दोलन जारी रहेको बताए ।

‘जबसम्म यो विषय न्यायोचित सम्बोधन हुँदैन, चित्त बुझ्दो र ठोस कारबाही अगाडि बढ्दैन तबसम्म हामी यो मुद्दा निरन्तर उठाइरहने नै छौँ,’ उनले भने, ‘हामी आन्दोलनबाट पछि हट्ने छैनौँ । र हाम्रो आन्दोलन जारी छ ।’

उनीपछि सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहलाई बोल्ने अनुमति दिएका थिए । सिंहले बोलिसकेपछि रास्वपाका सांसदहरू सदनबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ४९ बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा