मष्तिष्कलाई स्वस्थ राख्न के खाने ? « Khabarhub

मष्तिष्कलाई स्वस्थ राख्न के खाने ?


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मष्तिष्कलाई स्वस्थ राख्न र स्मरणशक्तिलाई बलियो बनाउन खानपानले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

मष्तिष्कलाई तन्दुरुस्त राख्न के खाने के नखाने भन्नेबारे सबैलाई थाहा नहुन सक्छ । आज हामी आफ्नो मष्तिष्कलाई स्वस्थ राख्न के खाने के नखाने भन्नेबारे जानकारी दन गइरहेका छौँ । यसले तपाईंको मस्तिष्कलाई स्वस्थ राख्न र स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

फलफूलहरू
ब्लूबेरी– ब्लूबेरीले मस्तिष्कको कोशिकालाई क्षति हुनबाट जोगाउँछ र स्मरणशक्ति सुधार गर्छ । ब्लूबेरीमा एन्टिअक्सिडेन्टले भरपूर पाइन्छ ।

सुन्तला– सुन्तलाले मस्तिष्कको कार्यक्षमता बढाउँछ। दिनमा एउटा सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।

अङगुर– अङ्गुरले मस्तिष्कमा रक्तसञ्चार सुधार गर्छ । यसबाट स्मरणशक्ति र एकाग्रतामा सहयोग पुग्छ ।

स्याउ– स्याउमा क्वेरसेटिन नामक तत्त्व हुन्छ, जसले मस्तिष्कलाई तनाव र क्षतिबाट बचाउँछ ।

ड्राइ फ्रुट्स
बदाम– भिटामिन ई र स्वस्थ फ्याटले भरपूर बदामले उमेरसँगै मस्तिष्कमा देखिने ह्रासलाई कम गर्न सहयोग पुग्छ । बिहान ४/५ वटा भिजाएको बदाम खानुहोस् ।

ओखर– ओखरमा ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण हुन्छ । ओखरले मस्तिष्कको कार्यक्षमता र स्मरणशक्ति बढाउन सहयोग पु¥याउँछ । दैनिक २/३ वटा ओखर खानुहोस् ।

काजु– काजुमा म्याग्नेसियम र भिटामिन बी–६ पाइन्छ । यसले मस्तिष्कमा रक्तसञ्चारमा सुधार गर्छ ।

किसमिस– एन्टिअक्सिडेन्टले भरपूर किसमिसले मस्तिष्कको तनाव कम गर्छ ।

अरु खानेकुरा
हरियो सागपात– पालुङ्गो, मेथी र ब्रोकाउलीजस्ता सागपातमा भिटामिन के, फोलेट र बिटा क्यारोटिन हुन्छ । यसले मस्तिष्कको कार्यक्षमता बढाउँछ ।

माछा– साल्मन र टुनाजस्ता माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अण्डा– अण्डामा कोलिन नामक तत्त्व हुन्छ, जसले स्मरणशक्तिलाई बलियो बनाउँछ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ०० बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर