मष्तिष्कलाई स्वस्थ राख्न के खाने ? « Khabarhub

मष्तिष्कलाई स्वस्थ राख्न के खाने ?


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मष्तिष्कलाई स्वस्थ राख्न र स्मरणशक्तिलाई बलियो बनाउन खानपानले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

मष्तिष्कलाई तन्दुरुस्त राख्न के खाने के नखाने भन्नेबारे सबैलाई थाहा नहुन सक्छ । आज हामी आफ्नो मष्तिष्कलाई स्वस्थ राख्न के खाने के नखाने भन्नेबारे जानकारी दन गइरहेका छौँ । यसले तपाईंको मस्तिष्कलाई स्वस्थ राख्न र स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

फलफूलहरू
ब्लूबेरी– ब्लूबेरीले मस्तिष्कको कोशिकालाई क्षति हुनबाट जोगाउँछ र स्मरणशक्ति सुधार गर्छ । ब्लूबेरीमा एन्टिअक्सिडेन्टले भरपूर पाइन्छ ।

सुन्तला– सुन्तलाले मस्तिष्कको कार्यक्षमता बढाउँछ। दिनमा एउटा सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।

अङगुर– अङ्गुरले मस्तिष्कमा रक्तसञ्चार सुधार गर्छ । यसबाट स्मरणशक्ति र एकाग्रतामा सहयोग पुग्छ ।

स्याउ– स्याउमा क्वेरसेटिन नामक तत्त्व हुन्छ, जसले मस्तिष्कलाई तनाव र क्षतिबाट बचाउँछ ।

ड्राइ फ्रुट्स
बदाम– भिटामिन ई र स्वस्थ फ्याटले भरपूर बदामले उमेरसँगै मस्तिष्कमा देखिने ह्रासलाई कम गर्न सहयोग पुग्छ । बिहान ४/५ वटा भिजाएको बदाम खानुहोस् ।

ओखर– ओखरमा ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण हुन्छ । ओखरले मस्तिष्कको कार्यक्षमता र स्मरणशक्ति बढाउन सहयोग पु¥याउँछ । दैनिक २/३ वटा ओखर खानुहोस् ।

काजु– काजुमा म्याग्नेसियम र भिटामिन बी–६ पाइन्छ । यसले मस्तिष्कमा रक्तसञ्चारमा सुधार गर्छ ।

किसमिस– एन्टिअक्सिडेन्टले भरपूर किसमिसले मस्तिष्कको तनाव कम गर्छ ।

अरु खानेकुरा
हरियो सागपात– पालुङ्गो, मेथी र ब्रोकाउलीजस्ता सागपातमा भिटामिन के, फोलेट र बिटा क्यारोटिन हुन्छ । यसले मस्तिष्कको कार्यक्षमता बढाउँछ ।

माछा– साल्मन र टुनाजस्ता माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अण्डा– अण्डामा कोलिन नामक तत्त्व हुन्छ, जसले स्मरणशक्तिलाई बलियो बनाउँछ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ०० बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर