इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने « Khabarhub

इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी (कोगाट) ले मङ्गलबार बताएको छ ।

“संयन्त्र निर्माणको भागका रूपमा, रक्षा प्रतिष्ठानले धेरै मापदण्ड र कडा सुरक्षा जाँचको अधीनमा सीमित सङ्ख्यामा स्थानीय व्यापारीहरूलाई अनुमोदन गरेको छ”, कोगाटले भनेको छ । इजराइलले २२ महिनादेखि गाजामा प्यालेस्टिनी लडाकू समूह हमाससँग लड्दै आएको छ र मार्च २ मा पूर्ण नाकाबन्दी लगाएको थियो ।

इजरायलले उक्त नाकाबन्दी मेमा आंशिक रूपमा हटाएको थियो र अमेरिकी समर्थित निजी एजेन्सीलाई खाद्य वितरण केन्द्रहरू खोल्न अनुमति दिएको थियो । संयुक्त राष्ट्रसङ्घको आदेशित विशेषज्ञ रिपोर्टहरूले युद्धग्रस्त क्षेत्रमा अनिकाल फैलिरहेको चेतावनी दिएपछि अरब र युरोपेली सेनाहरूद्वारा सहायता सवारी र हवाई सहायता गत महिना पुनः सुरु भयो ।

‘हमास आतङ्कवादी सङ्गठनको संलग्नता रोक्नका लागि’ गाजामा प्रवेश गर्नुअघि इजरायली सेनाले निरीक्षण गर्नुपर्ने र निगरानी गरिएको बैंक स्थानान्तरणद्वारा निजी क्षेत्रको डेलिभरीको भुक्तानी गरिने कोगाटको विज्ञप्तिमा भनिएको छ ।

नयाँ संयन्त्रअन्तर्गत अनुमति प्राप्त वस्तुहरूमा खाद्य पदार्थ, फलफूल, तरकारी, बच्चाको दूधको पाउडर र स्वच्छता उत्पादनहरू समावेश हुने कोगाटले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ३४ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर