नाम्दुका मानबहादुरको मान राख्दै ड्रागन फ्रुट, दोब्बरले बढ्यो आम्दानी  « Khabarhub

नाम्दुका मानबहादुरको मान राख्दै ड्रागन फ्रुट, दोब्बरले बढ्यो आम्दानी 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

दोलखा– पछिल्लो ४ वर्ष देखि ड्रागन फ्रुट खेतीमा जोडिएका वैतेश्वर-६ नाम्दुका मानबहादुर तामाङको नाम जिल्लामै उदाहरणीय बन्दै गरेको छ । बुढेसकालमा उनले सुरु गरेको कृषि कर्मको चौतर्फी तारिफ हुन थालेको छ । आम्दानी पनि दोब्बरले वृद्धि भएको पाइएको छ ।

गत वर्ष १० लाखको ड्रागन फ्रुट फल बिक्री गरेका उनले यस वर्ष २० लाख आम्दानी गर्ने भएका छन् । २०७८ सालदेखि ड्रागन फलको व्यावसायिक खेतीमा लागेका ७० वर्षीय तामाङ अहिले कृषि क्रान्तिमा रमाइरहेका छन् । खेती सुरु गरेको चौथो वर्ष अर्थात यस वर्ष पहिलो सिजनमै करिब ९ लाख बराबरको फल बिक्री गरिसकेको बताए ।

असार साउनको पहिलो सिजनमा दुई लट गरेर ९ लाख को ड्रागन निर्यात गरिसकेको सुनाए।तामाङले अहिले दोस्रो लटमा फल टिप्न व्यस्त छन् ।

उनले दोस्रो लटमा साढे चार लाख बराबरको फल बिक्री हुने बताए।करिब २५ सय बोट रहेको उनको फार्मबाट एक बोटबाट २५ केजी सम्म फल फल्ने गरेको छ । 

तामाङले पछिल्लो ४ सातामा ६ लाख बराबरको फल जिल्लाका स्थानीय बजार र ४ लाख बराबरको फल काठमाडौं निर्यात गरेर आम्दानी लिएको बताए । ४ वर्ष अघि दुई रोपनीबाट सुरु भएको उनको ड्रागन फुट अहिले १० रोपनीमा फैलिएको छ ।

जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुने गरेका कारण पनि राम्रो आम्दानी हुने गरेको कृषक तामाङको भनाइ छ ।

उनले खुद्रा बजारमा ४ रुपैयाँ र एकै पटक धेरै लिन आउने व्यापारीलाई प्रतिकेजी ३ सय रुपैयाँमा दिने गरेका छन् । तामाङ भन्छन्, ‘ड्रागन खेतीबाट आफू सन्तुष्ट रहेको छु । सुरुसुरुमा लगानीमा फस्ने हो कि भन्ने, चिन्ता लाग्थ्यो । छरछिमेकले पनि बौलाएछ कि क्या हो भन्थे अहिले आम्दानी राम्रो देखेर उनीहरूले नै तारिफ गरेको देख्दा खुसी लाग्छ ।’

तामाङले हालसम्म खेती सुरु तथा विस्तार गर्न करिब ५० लाख लगानी गरेको बताए।उत्पादन गरेको ३ वर्ष बित्दा लगानी बराबरको आम्दानी पनि लिइसकेको सुनाए ।

१० रोपनी क्षेत्रफलमा अहिले २५ सय बढी बिरुवाहरू रहेका छन्, प्रतिबिरुवा २५ देखि ३५ किलोसम्म उत्पादन हुँदा पनि १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

फल सँगै बिरुवा बिक्री

व्यवसायी तामाङले ड्रागन फ्रुटको फलसँगै बिरुवा समेत बिक्री गर्न थालेका छन् । तामाङले आफ्नै फार्ममा ड्रागन फ्रुटको नर्सरी पनि विस्तार गरेको बताए । 

दोलखा तथा रामेछापबाट बिरुवा माग आएपछि फार्ममै बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेको जानकारी दिए । 

गत वर्ष करिब तीन सय बिरुवा बिक्री गरेका तामाङले यस वर्ष एक लाख बराबरको बिरुवा बिक्री गरिसकेको बताए । दोलखामा पहिलो ड्रागन खेती गरेर उदाहरणीय कृषक बनेका तामाङ भन्छन्, ‘नाम्दुको ड्रागन खेती जिल्लाभर विस्तार गर्ने सोचमा छु । कतिपय फार्म आउने साथीभाइ तथा आफन्तलाई कोसेलीको रूपमा बिरुवा दिएर पठाउने गरेको छु । केहि कौसीमै ड्रागन फलाउनसमेत थाल्नु भएको छ।’

यस वर्ष तामाकोशी गाउँपालिकामा खेती विस्तार गर्न स्थानीय गणेश तामाङले एक लाख बराबरको बिरुवा लानु भएको छ । फाट्टफुट्ट अन्यत्र पनि बिक्री गरिरहेको तामाङले बताए ।

ड्रागन फलका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षिण मोहडा भयको प्रशस्त घाम लाग्ने र सुमर्दी सतहदेखी १४००/१५०० मिटर सम्म उचाइ भयको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५०-१५० सेन्टिमिटर वर्षा र २० -३० से. तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिने अनुभव आफूले लिएको उनले बताए । 

पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भयकोले यसको लागि पानी नजम्ने ठाउँ रोज्नु पर्दछ र बलौटे देखी दोमट माटो सम्ममा सजिलै खेती गर्न सकिन्छ । कम मलिलो र १० – ३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिन्छ । 

गर्मी ठाउँमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ।यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ ।

जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललाई गमला, छत तथा करेसामा पनि लगाउन सकिने मानबहादुर सुनाउँछन् । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ४५ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी