भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा | Khabarhub Khabarhub

भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले दुई स्थानबाट दमकल सेवा सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाको कार्यालय र पश्चिम चितवनको गुञ्जनगरमा दमकल राखेर सेवा दिने गरिएको छ ।

महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार यी दुई ठाउँबाट चितवन जिल्लाभरि नै र छिमेकी जिल्लामा समेत सेवा दिने गरिएको छ । उनका अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा चितवन र  नवलपुरमा गरेर १३३ आगलागीका घटना भएका थिए । 

महानगर कार्यालयमा रहेको दमकलले ९७  र गुञ्जनगरमा रहेको दमकलले ३६ ठाउँको आगो निभाएको थियो । कतिपय ठाउँमा आगो निभाउन दुवै दमकल प्रयोग गरिएका छन् ।  

महानगरपालिकाको कार्यालयमा दुई र गुञ्जनगरमा एउटा दमकल रहेको छ । महानगरपालिकाको विपद् व्यवस्थापन शाखाप्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्धार, राहत तथा व्यवस्थापन कार्यसम्बन्धी सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासमार्फत नागरिकलाई सचेत बनाइएको बताए।
 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : २६ बजे

बुकीपाटनमा ‘गोठबास’ले पर्यटकलाई सहज

बागलुङ– ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ,

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी– अविरल वर्षासँगै खसेको पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।