रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन « Khabarhub

रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष नरहेको बताएका छन् ।  

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गदै खतिवडाले संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा समेत आफ्नो दोष रहेको कतिकतै उल्लेख नरहेको जिकिर गरे ।

नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले दोष देखिए कारबाही भोग्छु भनेर सुरुदेखि नै भनिरहेको बताए  ।

कुलिङ पिरियड रहनुपर्छ भन्नेमा आफू निरन्तर रहेको भन्दै उनले राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा रहेको धारणा राखे  । 

उनले आफूले कुलिङ पिरियडसहितको व्यवस्थासहितको प्रतिवेदनमा हस्ताक्षर गरेर पठाएको उल्लेख गर्दै कहाँ गल्ती भयो भनेर आफ्नै अनुरोधमा छानबिन भएको तर्क गरे  । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ४९ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी