रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन « Khabarhub

रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष नरहेको बताएका छन् ।  

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गदै खतिवडाले संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा समेत आफ्नो दोष रहेको कतिकतै उल्लेख नरहेको जिकिर गरे ।

नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले दोष देखिए कारबाही भोग्छु भनेर सुरुदेखि नै भनिरहेको बताए  ।

कुलिङ पिरियड रहनुपर्छ भन्नेमा आफू निरन्तर रहेको भन्दै उनले राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा रहेको धारणा राखे  । 

उनले आफूले कुलिङ पिरियडसहितको व्यवस्थासहितको प्रतिवेदनमा हस्ताक्षर गरेर पठाएको उल्लेख गर्दै कहाँ गल्ती भयो भनेर आफ्नै अनुरोधमा छानबिन भएको तर्क गरे  । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ४९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा