बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ  « Khabarhub

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मंगलबार पद तथा गोपनियताको शपथ खुवाएका हुन् । 

कांग्रेसको प्रदेश संसदीय दलका नेता बानियाँलाई मंगलबार नै प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । 

उनीभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले मुख्यमन्त्रीको पद सम्हालेका थिए । 
बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । 

कांग्रेस बागमतीका सभापतिसमेत रहेका बानियाँ यसअघि दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : २३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने