बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ  « Khabarhub

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मंगलबार पद तथा गोपनियताको शपथ खुवाएका हुन् । 

कांग्रेसको प्रदेश संसदीय दलका नेता बानियाँलाई मंगलबार नै प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । 

उनीभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले मुख्यमन्त्रीको पद सम्हालेका थिए । 
बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । 

कांग्रेस बागमतीका सभापतिसमेत रहेका बानियाँ यसअघि दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : २३ बजे

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०