दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग « Khabarhub

दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ। तीस पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो । 

पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई कैदी  रहेका छन् । त्यसैगरी, महिलातर्फ दुई मधुमेह र एक रक्तचापका  कैदी रहेका छन् । कैदीबन्दीलाई दैनिक स्वास्थ्य सेवा प्रदान गर्दैआएको कारागारका अहेव श्यामसिं बोहराले जानकारी दिए । 

उनले भने, ‘सामान्य प्रकृतिका बिरामीका यही उपचार हुन्छ, जटिल प्रकृतिका बिरामीलाई प्रदेश अस्पताल दमौली लैजाने  गरिएको छ ।’ गर्मीका कारण छालाजन्य रोगका बिरामी रहे पनि उपचारपश्चात् निको हुँदै गएको उनले बताए। 

‘करिब आठ महिना स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचारका लागि कठिनाइ भोग्नुपरेको थियो, अहिले सहज भएको छ,’ उनले भने । एक सय ३५ जनाको क्षमता रहेको कारागारमा हाल २४ महिलासहित ३२१ कैदीबन्दी रहेका छन् । 

लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि यस कारागारमा ३० कैदीबन्दी पठाएको उनले बताए। उक्त कारागारमा रहेका १०९ कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको थियो ।   

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४२ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ