‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’ « Khabarhub

‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय गतिविधिमा संलग्न रहने व्यक्तिहरूलाई थप जिम्मेवार बनाउन समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् । 

उनले समितिको मुख्य जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न नसकेकाले त्रुटि देखिएको र छानबिन समिति नै गठन गर्नुपर्ने अवस्था आएको जिकिर गरे । आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सबै गम्भीर र जिम्मेवार हुनुपर्ने देखिएको उनले बताए ।

बर्तौलाले सरोकारवाला निकायमा बसेका व्यक्तिले जबाफदेही ढंगले काम गर्नुपर्छ भन्ने महसुस गराउनुलाई सकारात्मक ढंगले लिनुपर्ने धारणा राखे  ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४६ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी