नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म « Khabarhub

नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर – यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ ।

नाडा अटो प्रदर्शनीका बारेमा जानकारी दिन आज पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नवप्रवर्तन र भविष्यका लागि यस पटकको प्रदर्शनी फरक बनाउने योजना रहेको बताए ।

‘नवप्रवर्तन र भविष्यका लागि सोचेका छौँ, नेपाली उपभोक्तालाई भविष्यसँग जोड्न चाहन्छौँ, नाडा अटो सो–२०२५ लाई नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय, उन्नत प्रविधि र भविष्यतर्फको कदमका रूपमा लिएका छौँ’, उनले भने ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा एक सय २५ भन्दा बढी प्रदर्शकका १९ वटा चारपाङ्ग्रे सवारी, १३ वटा हल्का व्यावसायिक सवारीसाधन, चार वटा दुईपाङ्ग्रे सवारी र ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) बिक्रीका लागि राखिने जानकारी गराइएको छ । प्रदर्शनीमा एक लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ ।

अटो प्रदर्शनीमा युनिट्री रोबोट्सका स्वचालन र कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपाङ्ग्रे रोबोटहरू मुख्य आकर्षण रहने अध्यक्ष चौधरीले जानकारी गराए । ‘यो प्रदर्शनी मात्र नभइ नेपालको दिगो, आधुनिक र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो’, उनले भने ।

‘गो फर मुभ’भन्ने नारासहित आयोजना हुने यस वर्षको प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीतन्त्रलाई एकै छानामुनि ल्याउने विश्वास लिइएको छ । सशक्त साझेदारी र व्यवस्थापनसहित हुने यस प्रदर्शनीका लागि तीन लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सुविधाजनक क्षेत्र विभाजन गरी चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स, वित्तीय सेवालगायत सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

उपाध्यक्ष राजनबाबु श्रेष्ठले नाडा अटो नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल आटो मोबाइल क्षेत्रलाई सुरक्षित, विश्वासनीय र अन्तरराष्ट्रियस्तरको विश्वासिलो बनाउन लागिपर्ने बताए । रासस

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ४७ बजे

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार