माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा  « Khabarhub

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा 


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो । 

सभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत कर सहित नगद लाभांश पारित गर्ने छ । 

सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ। 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । भदौ २६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउने र लाभांश पाउने छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १० : १३ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने