एमालेको झोलामा के छ ? « Khabarhub

विधान महाधिवेशन

एमालेको झोलामा के छ ?

यस्तो छ ओलीको ८६ पृष्ठको राजनीतिक प्रस्ताव (पूर्णपाठ)


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट ८६ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरिँदैछ ।

विधान महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको ‘विधान संशोधन प्रस्ताव’ र महासचिव शंकर पोखरेलले तयार पारेको ‘संगठनात्मक प्रस्ताव’ पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

तीनवटै प्रस्तावहरु केन्द्रीय कमिटीबाट पारित भई पुस्तकका रुपमा प्रकाशित गरेर सहभागीलाई झोलासहित वितरण गरिएको छ ।

विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा १६ वटा विषयहरु समेटिएका छन् । ओलीले राष्ट्र, समाज, उत्पादन पद्दति, जनसंख्या र वर्ग संरचनालाई समेत समेटेर नेपालको इतिहासको व्याख्या गरेका छन् ।

त्यसैगरी ‘भूराजनीति र परराष्ट्र नीति’ शीर्षकमा नेपालको छिमेक सम्बन्धबारे चर्चा गरिएको छ । क्रान्ति, कम्युनिस्ट आन्दोलन, समाजवाद र कार्यक्रम उपशीर्षकहरुमा नेपालको कम्युनिस्ट आन्दोलन र एमालेको इतिहासबारे विश्लेषण गरिएको छ ।

एमालेको आगामी कार्यदिशा, सिद्धान्त र पार्टी निर्माणबारे ओलीले दस्तावेजमा वैचारिक पक्षहरुको चर्चा गरेका छन् ।

खबरहबलाई प्राप्त केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा के–के विषय समेटिएको छ, हेरौं –

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ४६ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६