प्रधानमन्त्रीले भने- ०८४ मा एमालेले एकल बहुमत ल्याउँछ « Khabarhub

प्रधानमन्त्रीले भने- ०८४ मा एमालेले एकल बहुमत ल्याउँछ


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने बताएका छन् ।

ललितपुरको गोदावरीमा आयोजित दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ शक्तिलाई लक्षित गर्दै कटाक्ष पनि गरे । ‘आरीबाट घोप्ट्याएका केही तत्व छन् । उनीहरू अनेक अनेक गरिरहेका छन्’, उनले भने, ‘उनीहरू आरीबाट घोप्ट्याएपछि सकिन्छन् । तर एमाले भने बलियो शक्ति हो । लाखौँ कार्यकर्तासहितको दह्रो शक्ति हो ।’

ओलीले ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए । ‘०८४ मा एमालेले एकल बहुमत ल्याउनुपर्छ । हामी सबैजना मिलेर जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने यो सम्भव छ’, उनले भने, ‘हाम्रा पार्टी र जनवर्गीय संगठनका कार्यकर्ता परिचालन गरेर जनतामा गएमा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । ’

ओलीले आउँदो निर्वाचनमा कसैले धाधँली गर्न नसक्ने बताए । ‘हामी सरकारमा भएकाले दृढताका साथ धाँधली रोक्ने छौँ,’ उनले भने, ‘यदि धाँधली रोक्न सकेमा हाम्रो बहुमत आउँछ । हामी निर्णायक शक्ति बन्छौँ ।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : १४ बजे

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।