ओलीको गुनासो- कार्यकर्ता बेलगाम भए, अराजक हुन पाउँदा रमाउँछन् « Khabarhub

ओलीको गुनासो- कार्यकर्ता बेलगाम भए, अराजक हुन पाउँदा रमाउँछन्


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अराजकता बढ्दै गएको गुनासो गरेका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार ललितपुरको गोदावरीमा सम्बोधन गर्दै ओलीले यसो भनेका हुन् ।

विरोधीले केही नभेटेपछि अफवाह फैल्याउने काम गरिररहेका बेला पार्टीमा पनि अनुशासनहीनता बढ्दै गएको जिकिर ‌ओलीले गरेका हुन् ।

‘अहिले पार्टीमा अनुशासनको कमी भएको छ । कार्यकर्ताहरूमा पनि बेलगाम हुन पाए, अराजक हुन पाए हुन्थ्यो भन्ने भएको छ’, उनले भने, ‘आफूप्रति उदारता र अरुप्रति कडा हुने चलन बढेको छ । अनुशासनका कुरा, आचरणका कुरा पार्टीसँग जोडिएका छन् । यसमा तपाईं हामी सबैले ख्याल गर्नुपर्ने भएको छ।’

ओलीले विरोधीले केही नभेटेपछि अफवाह फैल्याउने काम गरेको पनि बताए । आफ्नो स्पेन भ्रमणदेखि लिएर हालैको चीनद्वारा तयार गरेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्मका विषयमा विपक्षीले तथ्यहीन प्रचार गरेको दाबी ओलीले गरे।

‘हामीले राष्ट्रको शीर माथि उठाउँदा विरोधीहरूलाई पोल्छ, अनि एक अम्खोरा पानी पिउँछन् घट्घटी,’ ओलीले भने।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १ : ४७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म