ओलीको गुनासो- कार्यकर्ता बेलगाम भए, अराजक हुन पाउँदा रमाउँछन् « Khabarhub

ओलीको गुनासो- कार्यकर्ता बेलगाम भए, अराजक हुन पाउँदा रमाउँछन्


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अराजकता बढ्दै गएको गुनासो गरेका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार ललितपुरको गोदावरीमा सम्बोधन गर्दै ओलीले यसो भनेका हुन् ।

विरोधीले केही नभेटेपछि अफवाह फैल्याउने काम गरिररहेका बेला पार्टीमा पनि अनुशासनहीनता बढ्दै गएको जिकिर ‌ओलीले गरेका हुन् ।

‘अहिले पार्टीमा अनुशासनको कमी भएको छ । कार्यकर्ताहरूमा पनि बेलगाम हुन पाए, अराजक हुन पाए हुन्थ्यो भन्ने भएको छ’, उनले भने, ‘आफूप्रति उदारता र अरुप्रति कडा हुने चलन बढेको छ । अनुशासनका कुरा, आचरणका कुरा पार्टीसँग जोडिएका छन् । यसमा तपाईं हामी सबैले ख्याल गर्नुपर्ने भएको छ।’

ओलीले विरोधीले केही नभेटेपछि अफवाह फैल्याउने काम गरेको पनि बताए । आफ्नो स्पेन भ्रमणदेखि लिएर हालैको चीनद्वारा तयार गरेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्मका विषयमा विपक्षीले तथ्यहीन प्रचार गरेको दाबी ओलीले गरे।

‘हामीले राष्ट्रको शीर माथि उठाउँदा विरोधीहरूलाई पोल्छ, अनि एक अम्खोरा पानी पिउँछन् घट्घटी,’ ओलीले भने।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : ४७ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र