‘नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्छ’ « Khabarhub

‘नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्छ’


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।  ‍

शुक्रबार काठमाडौंमा नेपाल कला तथा संस्कृति महोत्सवका अवसरमा आयोजित चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदा प्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए  । नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान,  पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाई थियो । 

राष्ट्रपति पौडेलले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने आफूले अपेक्षा गरेको जिकिर गरे ।

नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने उनको विश्वास छ । 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : ०४ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा