सुशासन, विकास, स्थायित्व र स्वाधीनताका पक्षमा प्रतिबद्ध एमालेप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष ओली « Khabarhub

सुशासन, विकास, स्थायित्व र स्वाधीनताका पक्षमा प्रतिबद्ध एमालेप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष ओली


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताएका छन् । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कोहीकसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको बताए ।  

‘नेपाली जनताले अप्ठ्यारो परिस्थितिमा समेत हामीलाई साथ दिएका छन्, नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिप्रति सदैव प्रतिबद्ध छौँ, भएन भन्न सजिलो छ, लामो बलिदानिमार्फत यहाँसम्म आइपुगेका छौँ, हामी उज्ज्वल भविष्यका लागि मिसन ८४ को अभियानमा छौँ’, उनले भने ।

एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भने,’ अहिले हामी सरकारमा छौँ, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई  सक्रिय भएर काम गरौँ ।’

‘सामाजिक न्याय र समानताका लागि हामी अभियानकर्मी हौँ, समाजमा परिवर्तन भएको छ, सामाजिक न्याय, समानता र विकासको अवस्था हिजोको जस्तो छैन, हाम्रो लक्ष्य समाजवादतर्फ हो, अपेक्षा गरिएजस्तो विकास भएको छैन होला, त्यसैले त परिवर्तनकारी हस्तक्षेप गर्दै हिँडेका छौँ, देशमा परिवर्तन ल्याउनका लागि हिँडेका हौँ’, उनले भने ।

अध्यक्ष ओलीले भने, ‘हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुगेका छौँ, हाम्रो नीतिहरू नै राष्ट्रिय नीति हुन्, आज नेता तथा आमकार्यकर्ताले नेतृत्वप्रति विश्वास गरेका छन् । एमाले पार्टीमा ठूलो जमात महिलाको छ र पार्टीलाई जोगाउने काममा महिला साथीहरूको भूमिका विशेष छ । सबै मिलौँ, पार्टीलाई अझ सुदृढ, सशक्त र लोकप्रिय बनाऔँ ।’

उनले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए । 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : १७ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु