चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छ : अध्यक्ष डिसी « Khabarhub

चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छ : अध्यक्ष डिसी


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताएका छन्  । 

कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताए । 

उनले भने, ‘बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पुर्‍याउने छ । यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउनलाई प्रोत्साहन गर्ने तथा नयाँ चलचित्र भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ । चलचित्र हेर्नुको आनन्द चलचित्र भवनमै हुन्छ, त्यसैले हामीले सङ्ख्या बढाउन प्रोत्साहन गरिरहेका छौँ ।’ अध्यक्ष डिसीले हाल देशभर १६८ चलचित्र भवन सञ्चालनमा रहेका जानकारी दिए । 

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो ‘अडिटोरियम’ आजदेखि सञ्चालनमा आएको बताए । 

उनले भने, ‘चलचित्र भवनको सङ्ख्या थपिएसँगै यसले मनोरञ्जनसँगै रोजगारी पनि सिर्जना गरेको छ । यसले स्थानीय पर्यटन प्रवर्द्धनमा भूमिका खेल्नाका साथै चलचित्रको व्यापारमा पनि टेवा पुर्‍याउने छ । नेपालभरका चलचित्र भवन सञ्चालकको हितमा बोर्डले गर्ने गतिविधि बढाएर प्रोत्साहन गर्नु पर्दछ ।’

आजदेखि सञ्चालनमा आएको नयाँ ‘अडिटोरियम’ मा ‘बार्को प्रोजेक्टर’, ‘पल्सको ७.१ साउन्ड सिस्टम’, सुविधासम्पन्न सिट र ‘थ्रिडी’ प्रविधि जडान गरिएको अध्यक्ष महर्जनले जानकारी दिए ।  

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : २५ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित