एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध, फेसबुक र ह्वाट्स एप चलाएको चलायै « Khabarhub

एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध, फेसबुक र ह्वाट्स एप चलाएको चलायै


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष ओलीबीच तादम्यता नमिलेको दृष्य देखिएको छ ।

प्रधानमन्त्री ओलीले सूचीकृत हुन नआएको भन्दै बन्द गरेका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममध्ये फेसबुक र ह्वाट्स एप एमाले अध्यक्ष ओलीले प्रयोग गरिरहेका छन् ।

यहीकारण सरकारको नेतृत्वको गरेका ओली र एमालेको नेतृत्व गरेका उनै ओ‌लीबीच तादम्यता नमिलेको दृष्य देखिएको हो ।

प्रधानमन्त्री ओलीले बिहीबारमात्रै सूचीकृत हुन नआएका विभिन्न देशबाट चल्दै आएका २६ वटा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू बन्द गरेका थिए ।

जसमा ह्वाट्स एप र फेसबुक पनि परेका थिए । तर, शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटनका लागि पुगेका अध्यक्ष ओलीले त्यही ह्वाट्स एप ग्रुप र फेसबुक प्रयोग गरेका छन् ।

अध्यक्ष ओली सम्मेलनमा सहभागी भएका तस्बिरहरू सञ्चारमाध्यमलाई उपलब्ध गराउन प्रधानमन्त्री ओलीको सचिवालयले ह्वाट्स एप प्रयोग गरेको छ ।

उता ओलीको सचिवालयले पीएम केपी शर्मा ओली सेक्रेटरियट र बालकोट फेसबुकमा पेजमा निरन्तर अपडेट गरि नै रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ४ : ०८ बजे

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका