निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न गृहमन्त्री लेखकको जोड « Khabarhub

निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न गृहमन्त्री लेखकको जोड


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले सरकार निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् ।

शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको २८ औँ साधारणसभा एवं १५ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायको क्षेत्र मिलेर विकास निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिए  ।

‘सरकारी निकायको पनि पूर्ण रूपले क्षमता वृद्धि भएको छैन ।’ गृहमन्त्री लेखकले भने,’सरकारी र गैरसरकारी निर्माणसँग सम्बन्धित संस्थाहरूको क्षमता वृद्धि भए मात्रै राष्ट्र निर्माणको आधार तयार गर्न सकिन्छ ।’

समयमा विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाहरूको लागत बढ्दै गएकाले निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम गर्नुपर्ने बताए ।

‘निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ ।’ मन्त्री लेखकले भने, ‘निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ । कुनै पनि सार्वजनिक काममा अशान्ति हुँदैन ।’

उनले मुलुकभर विकास निर्माणका काममा चन्दा असुली गर्ने, धम्काउने जस्ता गतिविधिहरू सरकारले सहन गर्न नसक्ने बताए ।
पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमा काम हुन नसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्ने बताए  । 

‘भौतिक पूर्वाधारका काममा गुणस्तरीयता आवश्यक छ, गुणस्तरीय काम हुन सकेन भने राज्यको अर्थको अपबेय हुन्छ नागरिकले ठिक ढंकले सेवा लिन सक्दैन ।’ गृहमन्त्री लेखकले भने, ‘समयमा काम सम्पन्न नहुँदा आयोजनाको मूल्य बढ्दै गएको छ,अहिले एउटै आयोजनाको दुई सय प्रतिशतसम्म मुल्य अभिवृदि भएको छ ।’ उनले यसमा निर्माण व्यवसायी मात्रै दोषी नभएको स्पष्ट पारे ।

राष्ट्रिय निर्माण क्षमताको अभिवृद्धि गर्नुपर्ने लेखकको भनाई छ । विकास निर्माण र भौतिक निर्माणको क्षेत्रमा काम गर्ने सबै निकायलाई राम्रो गर्दै जानुपर्ने उनले बताए ।

त्यसैगरि उनले वर्तमान सरकारको प्राथमिकतामा नीतिगत र कानुनी सुधार, सुशासन र दण्डहीनताको अन्त्य गरी विकास निर्माणलाई द्रुतगतिमा अगाडि बढाउने रहेको बताए ।

वर्तमान सरकार अर्थतन्त्रलाई लयमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको उनको भनाई थियो । ‘यो सबै कुराको पूर्व सर्त स्थायी सरकार हो त्यसकारण दुई ठुला पार्टी मिलेर स्थायी सरकार बनेको छ ।’ उनले भने,’अहिलेको सरकारले नीतिगत र कानुनी सुधारलाई प्राथमिकताका साथ काम गरिरहेको छ ।’

उनले निर्माण व्यवसायीहरूलाई निर्धक्कसँग विकास निर्माणका काम गर्न समेत आग्रह गरे । वर्तमान सरकारले निर्माण व्यवसायीहरूलाई वर्षौँदेखिको तिर्नुपर्ने रु ३५ अर्ब गत आर्थिक वर्षमा भुक्तानी गरेको जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ५ : १९ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा