१९ जना एमाले नेताका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्य | Khabarhub Khabarhub

१९ जना एमाले नेताका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्य


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का शीर्ष तहका १९ जना नेताहरूका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् ।

एमालेका कुल संगठित सदस्य छ लाख ६२ हजार ९६१ मध्ये १९ नेताका १५ जिल्लामा मात्रै दुई लाख चार हजार ६७६ संगठित सदस्य देखिएका हुन् । 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीदेखि सचिव लेखराज भट्टसम्मका १९ जना शीर्ष नेताहरूको गृह जिल्लाको हिसाब गर्दा यो तथ्य देखिएको हो । 

सांगठनिक प्रतिवेदनअनुसार पदाधिकारीमध्ये सबैभन्दा बढी सचिव रघुवीर महासेठको गृह जिल्ला धनुषामा संगठित सदस्य देखिन्छन् । धनुषामा ४९ हजार ६६६ जनाले एमालेको सदस्यता लिएका छन् । 

पदाधिकारी मध्ये उपमहासचिव पृथ्वी सुब्बा गुङको गृह जिल्ला लमजुङमा सबैभन्दा कम संगठित सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । सञ्चारमन्त्री समेत रहेका गुङको जिल्ला लमजुङमामा पाँच हजार ४७३ सदस्य छन् । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको गृह जिल्ला झापामा १८ हजार ३३१ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गृह जिल्ला काठमाडौंमा १४ हजार २३६ संगठित सदस्य रहेको प्रतिवेदनको तथ्यांकले देखाउँछ । काठमाडौं अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि गृह जिल्ला हो । 

एमालेमा सुरेन्द्र पाण्डे र रामबहादुर थापा ‘बादल’ पनि समान हैसियतका नेतामा पर्दछन् । उनीहरू दुवै एमालेका उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षहरू चितवनबाट एमालेमा प्रतिनिधित्व गर्ने नेतामा पर्छन् । उपाध्यक्षद्वय पाण्डे र थापाको गृह जिल्ला चितवनमा १४ हजार ३५४ जनाले एमालेको सदस्यता लिएका छन् । 

यस्तै अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेलको गृह जिल्ला रूपन्देहीमा १५ हजार २१४ जना संगठित सदस्य छन् । यो सचिव छविलाल विश्वकर्माको पनि गृह जिल्ला हो । अर्का उपाध्यक्ष गुरू बरालको गृह जिल्ला मोरङमा २३ हजार १६९ जना एमाले सदस्य छन् । 

दाङमा एमालेका १० हजार ८७१ जना संगठित सदस्य रहेको प्रतिवेदनले देखाउँछ । दाङ उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलको गृह जिल्ला हो । 

उपमहासचिवहरू प्रदीप ज्ञवाली गुल्मी र विष्णु रिमाल नुवाकोटबाट एमालेमा प्रतिनिधित्व गर्ने शीर्षस्थ नेताहरूमा पर्दछन् । यहाँ क्रमशः १० हजार २८४ र सात हजार १२४ जनालाई एमालेले सदस्य बनाएको छ । गुल्मी एमाले सचिव गोकर्ण विष्टको पनि गृह जिल्ला हो । 

एमाले सचिव लेखराज भट्टको गृह जिल्ला कैलालीमा १३ हजार ३६४ र अर्का सचिव योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा सात हजार ८७ जना संगठित सदस्य रहेका सांगठनिक प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार अर्का सचिव पद्मा अर्यालको गृह जिल्ला स्याङ्जामा सात हजार ६६० र टोपबहादुर रायमाझीको गृह जिल्ला अर्घाखाँचीमा सात हजार ८३३ जना एमालेका संगठित सदस्य छन् । एमालेले सचिव रायमाझीलाई निलम्बन गरेको छ । उनी यतिबेला कारागारमा छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ५ : ५७ बजे

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु

एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, ८ सहरमा लगिने (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर