दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव « Khabarhub

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्  ।

शुक्रबार आयोजित दिगो विकासका लागि अन्तर विषयक अध्ययन विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति डा यादवले समाज कल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न आग्रह गरे । 

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले अन्तर विषयक अध्ययनले विद्यार्थीमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँग सशक्त सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने बताए । कार्यक्रमका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तर्राष्ट्रिय सेमिनारले युवालाई परिवर्तनकारी नेतृत्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताए ।

नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले सेमिनारमा दिगो विकासका तीन महत्त्वपूर्ण आयाम–अन्तर विषयक दृष्टिकोण, शैक्षिक–समुदाय सम्बन्ध र दिगोपनका लागि डिजिटलीकरणबारे गहन छलफल भएको जानकारी दिए ।

कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीको सहभागिता रहेको थियो । सहभागीबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीबारे छलफल भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ०२ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा