कर्ण थापाको फरक मतले विधान महाधिवेशनमा प्रवेश पायो, शनिबार वाचन गर्ने, प्रतिनिधिलाई पनि बाँडिने | Khabarhub Khabarhub

कर्ण थापाको फरक मतले विधान महाधिवेशनमा प्रवेश पायो, शनिबार वाचन गर्ने, प्रतिनिधिलाई पनि बाँडिने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा दर्ता गराएको फरक मतलाई ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा प्रवेश दिइएको छ ।

शनिबार पार्टी महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरिसकेपछि स्थायी कमिटी सदस्य थापाले ३२ पृष्ठ लामो फरक मत राख्ने भएका हुन् ।

‘पार्टीले मैले तयार पारेको फरक मतको लिखित दस्तावेज राख्ने समयसहितको कार्यतालिका तय गरेको छ’, उनले खबरहबसँग भने, ‘शनिबार महासचिव कमरेडले सांगठनिक प्रस्ताव राखिसकेपछि विधान महाधिवेशनको हलमा मेरो मत वाचन गर्ने समय तोकिएको छ।’

आफ्नो फरक मतमा थापाले पार्टी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे कुरा पनि उठाएका छन् । भण्डारी राष्ट्रपति हुनुअगाडि एमाले उपाध्यक्ष रहँदा पार्टी निर्णयको पालना गरेर राष्ट्रपतिको जिम्मेवारी बहन गरेको उनले बताए ।

विद्या भण्डारीको सक्रियताले देश, जनता र एमालेका लागि सबै दृष्टिबाट सकारात्मक र फलदायी हुने पनि उनले स्पष्ट पारेका छन् ।

‘उहाँको व्यक्तित्व, भूमिका र योगदानलाई राष्ट्र, जनता र पार्टीको हितमा उपयोग गर्नुको साटो हाम्रो पार्टीको सदस्यसमेत नरहनेगरि राजनीतिमा संलग्न हुन नपाउने गरी गरिएको निर्णय र लगाइएको बन्देज संविधान, कानुन र हाम्रो पार्टी विधान र परम्पराविरुद्ध छ’, उनले भनेका छन् ।

थापाले पार्टीको हालको रणनीति र कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै ३२ पृष्ठको फरक मत बिहीबार एमाले केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए । त्यसपछि सचिवालय बैठकले पनि थापाको मतलाई विधान महाधिवेशनमा प्रवेश दिलाउने निर्णय गरेको थियो ।

पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले संगठनात्मक गतिविधि, वैचारिक अभ्यास र नीति–निर्णयका विषयमा गम्भीर आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।

उनले पार्टीको हालसम्मको कार्यशैलीले जनताबीच सन्देश दिन नसकेको र संगठनभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप पनि फरक मतमार्फत् लगाएका छन् ।

थापाले एमालेले सैद्धान्तिक, राजनीतिक र संगठनात्मक तहमा आत्मालोचना नगर्ने हो भने दीर्घकालीन असर पर्ने चेतावनी पनि दिएका छन् । उनको फरक मत विधान महाधिवेशन प्रतिनिधिमाझमा पनि वितरण गरिने भएको छ।

उनले राजनीतिक निर्णय प्रक्रिया केही व्यक्तिमा मात्रै सीमित हुनु, भिन्न विचारलाई स्थान नदिनु र संगठनका विभिन्न तहमा असन्तुष्टि बढ्नुलाई एमालेभित्रको गम्भीर समस्या भनेका छन् ।

थापाले पार्टीलाई जनताको वास्तविक समस्या समाधानतर्फ ध्यान दिन, वैचारिक स्पष्टता पुनःस्थापित गर्न र संगठनात्मक अभ्यासलाई लोकतान्त्रिक बनाउन आग्रह गरेका छन्।

थापाले आफूहरूले स्थापित गरेका मान्यताबमोजिम पार्टी चलिरहेको छ छैन भनेर प्रश्न गरेका छन् । जनताको बहुदलीय जनवादको प्रकाशमा वस्तुनिष्ठ भएर समीक्षा गर्न पनि उनले अपिल गरेका छन् । कम्युनिष्ट आन्दोलनमा नेतृत्वको हस्तान्तरणको विषय पनि गम्भीर समस्याको रुपमा रहँदै आएको उनले बताएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : २६ बजे

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न

‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

आडिस आबाबा – अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन्