इन्डेक्स एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा नगद र कार उपहार जित्ने योजना « Khabarhub

इन्डेक्स एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा नगद र कार उपहार जित्ने योजना


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डेक्स एक्सचेन्ज यूएईले नेपालमा पैसा पठाउँदा विशेष उपहार योजना लिएर आएको छ ।

अघिल्ला वर्षमाझैँ यो वर्ष पनि इन्डेक्स एक्सचेन्ज यूएईले ‘विन अ मिलियन’ चौथो संस्करण अन्तर्गत दशैँ र तिहारको अवसरमा विशेष उपहार योजना ल्याएको हो ।

जसअन्तर्गत नेपालमा रहेका आफन्त एवम् परिवारहरुलाई यूएई भरका इन्डेक्स एक्सचेन्जको आफ्ना जुनसुकै शाखाबाट पैसा पठाउँदा लक्की ड्रमार्फत् १० लाख नेपाली रुपैयाँ उपहार दिइनेछ । यसका साथै नयाँ एसयुभी कार जित्ने अवसर पनि नेपालीले प्राप्त गर्ने छन् ।

नेपाल जाने हवाई टिकट पनि जित्ने अवसर कम्पनीले ल्याएको छ । यसपालीको दशैँ–तिहारलाई अझै विशेष बनाउने उद्देश्यसहित कम्पनीले यो अभियान आगामी अगस्ट ३१ तारिख २०२५ सम्म मान्य रहने गरि थालेको हो।

यूएईमा रहेका हजारौं नेपाली कामदारहरूले दशैँ र तिहार प्रायः घरदेखि टाढै मनाउनुपर्ने बाध्यता, पर्वहरूमा परिवारजनसँग खुसी, भेटघाट र सपना पूरा गर्ने क्षणमा आफ्ना ग्राहकलाई घरको माया दिलाउने उद्देश्यसहित कम्पनीले यस कार्यक्रम ‘विन अ मिलियन’ ल्याएको हो ।

कम्पनीले केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो ।

रमदानको अवसर पारेर शान ए रमदानको चौथो संस्करणमार्फत गत वर्ष ‘यस बार, बुल्डोजरको वार’ नारासहित कम्पनीले आफ्ना ग्राहकलाई भाग्य बदल्ने योजना ल्याएको थियो ।

उक्त योजनाबाट धेरै नेपाली श्रमिकहरूले लाभ उठाएका थिए । ‘विन अ मिलियन’ तेस्रो संस्करण अभियानमार्फत सयौं नेपाली कामदारहरूले लाखौं रुपैयाँ नगद र मूल्यवान पुरस्कार जितेका उदारहणहरु प्रसस्तै छन्।

एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयद अब्दुल सलाम भन्छन्, ‘हाम्रा नेपाली ग्राहक हाम्रा लागि सधैँ प्राथमिकतामा रहन्छन्। ‘विन अ मिलियन’मार्फत् हामी उनीहरूको दशैँ–तिहारलाई विशेष बनाउन चाहन्छौँ । नगद पुरस्कार मात्र होइन, उनीहरूको सपना पुरा गर्ने अवसर समेत दिन चाहन्छौं।’

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ६ : ४० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस