श्रम र उत्पादन प्रेरित गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ : एमाले प्रचार विभाग « Khabarhub

श्रम र उत्पादन प्रेरित गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ : एमाले प्रचार विभाग


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी राजनीतिक प्रतिवेदन प्रस्तुत भएको बताएका छन्  ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र अन्य प्रतिवेदनहरूका बारेमा जानकारी दिँदै विभाग प्रमुख गौतमले अध्यक्षले प्रस्तुत गरेको ९१ पेजको राजनीति प्रतिवेदनमा परिपूर्ण लोकतन्त्रलाई आधार बनाएर गौरवशाली इतिहास र आशापूर्ण वर्तमानको व्याख्या गर्दै उत्पादन पद्धतिमा आएको फेरबदललाई समेत विश्लेषण गरिएको बताए ।

‘प्रतिवेदनमा क्षणिक असन्तुष्टि र आवेगलाई समातेर  लोकप्रियताका आधारमा पार्टी निर्माण गर्नेहरूले दीर्घकालीन सोचका साथ राष्ट्रिय नेतृत्व गर्न सक्दैनन् भन्ने विषय समेटिएको छ, श्रम र उत्पादनप्रति प्रेरित गर्ने, उद्यमबिनाको आय, श्रमबिनाको उपलब्धिलाई निरुत्साहित गर्ने सोचे राखिएको छ, नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गरिएको छ, नेपालको भूराजनीतिक प्रभाव, अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका बारेमा चर्चा गरिएको छ’, उनले भने  ।

प्रमुख गौतमले नेपालले स्वतन्त्र राष्ट्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने विषय उल्लेख गरिएको छ भने । ‘पहिलो पार्टी निर्माण र दोस्रो देशको निर्माणको विषयलाई समेटिएको छ, समृद्ध नेपाल, सुखी नेपालीलाई कार्यान्वयन गर्ने व्याख्या प्रतिवेदनमा समेटिएको छ’, उनले भने ।

उनले क्षेत्रीय पार्टीले राष्ट्रिय सोचका आधारमा चल्न सक्दैनन् भन्ने तर्क गरे । ‘नयाँ भनिएका दलहरूको कुनै कार्यक्रम, स्थापित नीति, सिद्धान्त छैन लोकप्रियताका आधारमा पार्टी निर्माण गर्नेहरूले निराशा मात्रै बटुल्ने काम गरे, यिनीहरूको दीर्घकालीन नीति छैन, राष्ट्रलाई सुशासन दिन नेतृत्व दिन सक्दैनन्, उनीहरू एउटा सीमाभित्र मात्र केन्द्रित छन्’, उनले भने ।

प्रमुख गौतमले राजनीतिक प्रतिवेदनमा सिङ्गै कम्युनिस्ट आन्दोलनको समीक्षा र कमजोरीका बारेमा समीक्षा गरिएको जानकारी गराउँदै  नेपाली विशेषतासहितको समाजवाद र कार्यक्रमको व्याख्या गरिएको उल्लेख गरे । रासस

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : २७ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय