पाल्पामा ब्लड बैंक सञ्चालन « Khabarhub

पाल्पामा ब्लड बैंक सञ्चालन


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तानसेन– जिल्लाको तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।

चार ठूला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको शाखाका सभापति बाबुराम कार्कीले बताए । उनले भने, “यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न रगत बैंक महत्त्वपूर्ण मानिएको छ । विगतमा रगत अभावका कारण आकस्मिक अवस्थाका बिरामी र परिवारलाई कठिनाइ व्यहोर्नुपरेको थियो । आगामी दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।”

मानिसको जीवन बचाउन सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष कार्कीले अनुरोधसमेत गरे । जिल्लामा हरेक महिना तीन सयदेखि तीन सय ५० प्वाइन्ट र वार्षिक रूपमा चार हजार ५०० प्वाइन्ट रगतको आवश्यकता पर्ने उनले उल्लेख गरे ।

दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैंक स्थापना गरी सञ्चालनमा ल्याएको शाखा उपसभापति भीमसेन कार्कीले बताए ।

ब्लड बैंक सञ्चालनका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु ५० लाखमा अत्याधुनिक उपकरण, रामपुर नगरपालिकाबाट रु १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट रु पाँच लाख बराबरको एसि र फ्रिज, रिब्दीकोट गाउँपालिकाबाट रु पाँच लाख बराबरको ब्याट्रीलगायत सामग्री खरिदका लागि सहयोग प्राप्त भएको रेडक्रसले जनाएको छ ।

रेडक्रसले विसं २०८० चैतदेखि साझा अभियानका रूपमा अगाडि बढाएको उक्त अभियानमा स्थानीय प्रदेश, सङ्घीय सरकारसँगै जिल्लामा रहेका र जिल्लाबाहिर रहेका पाल्पालीले पनि आर्थिक सहयोग गरेका छन् । ब्लड बैंक भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट गत वर्ष रु एक करोड ५० लाख र चालु आर्थिक वर्षमा रु तीन करोड रकम विनियोजन भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : २८ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै