सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग « Khabarhub

सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने प्रक्रिया तत्काल स्थगित गर्न माग गरेको छ।

रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले शुक्रबार सम्माननीय सभामुखलाई पत्र बुझाउँदै खतिवडाको नियुक्ति प्रक्रिया नैतिक मापदण्ड विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन्।

पत्रमा खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीबारे संसदीय छानबिन प्रतिवेदनले दोषी देखाएर राजीनामा दिएको तथ्य स्मरण गराइएको छ।

श्रेष्ठले विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च पदमा जिम्मेवारी दिने कार्यले संसदको नैतिकता, पारदर्शिता र लोकतान्त्रिक मूल्यमा आघात पुगेको आरोप लगाएका छन्।

‘नैतिकता र पारदर्शिता लोकतान्त्रिक प्रणालीका मूल आधार हुन्। संसदलाई जनताले विश्वास गर्ने संस्थाको रूपमा स्थापित गर्न विवादरहित व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्छ,’ पत्रमा भनिएको छ।

रास्वपाले खतिवडाको सुनुवाइ समितिमा सभापति नियुक्ति प्रक्रिया तत्काल रोकी नैतिक मापदण्डअनुसार पुनः निर्णय गर्न आग्रह गरेको छ।

तर रामहरि शुक्रबार नै संसदीय सुनुवाइ समितिको सभापतिमा निर्वाचित भइसकेका छन् । सुशासन समितिमा विवादित भए पनि कांग्रेसले उनलाई अर्को समितिमा लगेर सभापति बनाएको हो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ७ : ५० बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म