चिठीपछि विद्याको भिडियो सन्देश : विधान महाधिवेशनमा मलाई रोकियो, तपाईंहरू मिलेर अघि बढ्नुस् « Khabarhub

चिठीपछि विद्याको भिडियो सन्देश : विधान महाधिवेशनमा मलाई रोकियो, तपाईंहरू मिलेर अघि बढ्नुस्


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन आग्रह गरेकी छन् ।

शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरू भएको दोश्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी छन् ।

‘जुन उद्देश्यले यहाँहरू काठमाडौँ आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस्। म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ। तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ,’ उनले भनेकी छन्, ‘त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ। तथापि हाम्रो उद्देश्य एउटै हो। हामी सधैँ सँगै नै छौँ। यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु।’

एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।

बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा बन्न नसक्ने जनाएको थियो ।

सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना दिएकी छन् । एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताएकी छन् ।

विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा पनि उनले व्यक्त गरेकी छन्।

एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिएकी छन्।
 
‘मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु। यहाँहरूले अध्ययन गर्नुभएकै होला। यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छन्, ’नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ। त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस्। म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु।’

विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : ०१ बजे

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका