तनहुँमा माइक्रोबस दुर्घटना हुँदा ११ घाइते « Khabarhub

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा ११ घाइते


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आज दुलेगौँडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेको हो ।

विङ्गरमा सवार चौध महिने बच्चासहित ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको उनले बताए ।

अन्य घाइतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । केही समय अगाडि सडकमा पहिरो गएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ३० बजे

गोङ्गबुमा किताब बेच्दै महावीर पुन

काठमाडौं– प्रतिनिधिसभा सदस्य, आविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो ‘महावीर

अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

महोत्तरी– नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी– नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – ०७६ पुसको भ्रमण भारतीय गायिका आशा भोसलेको अन्तिम