आज विश्व सुनामी सचेतना दिवस मनाइँदै | Khabarhub Khabarhub

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ।

सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ। समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन प्रारम्भ भएको होे। जापानको प्रस्तावमा सुरु गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदानप्रदानलाई जोड दिँदै आएको छ।

राष्ट्रसङ्घका अनुसार अघिल्लो शताब्दीमा ५८ ठूला सुनामीले दुई लाख ६० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए। त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्ययोजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो। यो ढाँचालाई ‘सेन्डाइ फ्रेमवर्क’ भनिन्छ।

सेन्डाइ फ्रेमवर्कको उद्देश्य प्राकृतिक विपद्बाट हुने मृत्यु, प्रभावित जनसङ्ख्या, आर्थिक क्षति र महत्वपूर्ण पूर्वाधारमा पर्ने असरलाई घटाउनु हो। यसले सरकार, समुदाय, वैज्ञानिक र नागरिक समाजबीच सहकार्य गरेर सुरक्षित एवं दिगो भविष्य निर्माणान मद्दत गर्छ। रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ३३ बजे

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

काठमाडौं– नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च

बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’

न्यूयोर्क- भारतीय मूलका डेमोक्र्याट उम्मेदवार जोहरान ममदानी अमेरिकी सहर न्यूयोर्कका

रामकुमारीले भनिन्- माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भयो, हामी पार्टीविहीन भयौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक

पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु

एजेन्सी– पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागूऔषध ओसार–पसार गर्ने

चिनियाँ अन्तरिक्ष यात्रीको फिर्ता ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का

बेइजिङ– चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा