केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना « Khabarhub

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । इन्धन बोकेको विमान दुर्घटना हुँदा आगो बलिरहेको देखिन्छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटनालाई ठुलो विपत्तिको संज्ञा दिएको बिबिसीले उल्लेख गरेको छ ।

दुर्घटनापछि आगो बलिरहेको र अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उक्त कार्गो विमानले एक लाख ४४ हजार लिटर इन्धन बोकेको बताइएको छ । अति प्रज्वलनशील पदार्थ बोकेको विमान भएकाले आगो अझै पनि बलिरहेको छ ।, अग्नि नियन्त्रक विभागले यसलाई निभाउन काम गरिरहेको समाचारमा उल्लेख छ । दुर्घटनाको आसपास क्षेत्रमा नजान चेतावनी दिइएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ४५ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक