केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना « Khabarhub

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । इन्धन बोकेको विमान दुर्घटना हुँदा आगो बलिरहेको देखिन्छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटनालाई ठुलो विपत्तिको संज्ञा दिएको बिबिसीले उल्लेख गरेको छ ।

दुर्घटनापछि आगो बलिरहेको र अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उक्त कार्गो विमानले एक लाख ४४ हजार लिटर इन्धन बोकेको बताइएको छ । अति प्रज्वलनशील पदार्थ बोकेको विमान भएकाले आगो अझै पनि बलिरहेको छ ।, अग्नि नियन्त्रक विभागले यसलाई निभाउन काम गरिरहेको समाचारमा उल्लेख छ । दुर्घटनाको आसपास क्षेत्रमा नजान चेतावनी दिइएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ४५ बजे

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर– भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको

कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)