कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

गत असोज २८ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । हिजो (मंगलबार)को बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे दुई फरक प्रस्ताव प्रस्तुत भएका छन् ।

महामन्त्री थापाले आगामी पुस १६ देखि १९ सम्म १५औँ केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्नुपर्ने फरक प्रस्ताव प्रस्तुत गरेका छन् ।

मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्री यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बाँकी सदस्यले आज बोल्ने छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ५१ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक