कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

गत असोज २८ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । हिजो (मंगलबार)को बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे दुई फरक प्रस्ताव प्रस्तुत भएका छन् ।

महामन्त्री थापाले आगामी पुस १६ देखि १९ सम्म १५औँ केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्नुपर्ने फरक प्रस्ताव प्रस्तुत गरेका छन् ।

मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्री यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बाँकी सदस्यले आज बोल्ने छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ५१ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं