‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’ « Khabarhub

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी आन्दोलन कमजोर हुँदा नेपालमा थप बलियो भएको बताएका छन्।

चीनको बेइजिङमा नोभेम्बर ३ र ४ मा आयोजना गरिएको ‘द क्रस रोड अफ वर्ल्ड हिस्ट्री एण्ड द च्वाइस अफ पिपुल अफ अल नेसन्स’सम्बन्धी १५ औं अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताएका हुन्। उनले एमालेले आफ्ना पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको नेपाली विशेषताको समाजवाद जनताको बहुदलीय जनवाद (जबज) का कारण समाजवादी आन्दोलन थप सशक्त बनेको बताएका हुन्।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको आलोकमा नेपालमा समाजवादी आन्दोलन थप बलियो बनेको हो’, रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन्।

३३ देशका करिब तीन सय प्रतिनिधि सहभागी सो सम्मेलनमा रिजालले नेपालमा हालै भएको जेनजी आन्दोलन र यसका कारण र असरका बारेमा पनि स्पष्ट पारेका छन्।

उनले जेनजी आन्दोलनका नाममा हिंसा, तोडफोड,आगजनी मच्चाएर एमाले नेतृत्वको सरकारलाई बिस्थापन गरिएको छ’ रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘आन्दोलनपछि बनेको सरकार अलोकतान्त्रिक र गैह्र संवैधानिक छ। ’

रिजालले पुँजीवाद र साम्राज्यवादका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने उल्लेख गरेका छन्। यो काम चुनौतिपूर्ण भए पनि सर्वहारा वर्गको हितका लागि अनिवार्य भएको रिजालको भनाइ थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ०१ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल