भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी « Khabarhub

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला भनेर सुरु गरेको यात्रा समाप्त भएको बताएकी छन् । एकीकृत समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सहित ९ वाम दलसँग एकताको निर्णय गरेपछि एमाले फर्किने निर्णय गरेकी झाँक्रीले पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

नेत्री झाँक्रीले माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यकोसमेत सम्झना गरेकी छन् । यो दृश्यलाई लाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यो एउटा बिम्ब मात्र भएको प्रष्ट पारिन् ।

‘फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो’, उनले भनिन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : १७ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट