भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी « Khabarhub

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला भनेर सुरु गरेको यात्रा समाप्त भएको बताएकी छन् । एकीकृत समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सहित ९ वाम दलसँग एकताको निर्णय गरेपछि एमाले फर्किने निर्णय गरेकी झाँक्रीले पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

नेत्री झाँक्रीले माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यकोसमेत सम्झना गरेकी छन् । यो दृश्यलाई लाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यो एउटा बिम्ब मात्र भएको प्रष्ट पारिन् ।

‘फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो’, उनले भनिन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : १७ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट