चिनियाँ अन्तरिक्ष यात्रीको फिर्ता ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का « Khabarhub

चिनियाँ अन्तरिक्ष यात्रीको फिर्ता ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्ताको मिति स्थगित गरिएको छ ।

राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि ढिलाइ गरिएको छ । यद्यपि, यसबारे थप प्राविधिक विवरण सार्वजनिक गरिएको छैन ।

शेनझोउ–२० नामक मिसनअन्तर्गत रहेका ती तीन जना अन्तरिक्ष यात्रीहरू टोलीका नेता चेन डोङ, लडाकू पाइलट चेन झोङरुई र इन्जिनियर वाङ्ग जी गत अप्रिलमा तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा प्रस्थान गरेको थियो । अहिले उनीहरूले आफ्नो करिब छ महिनाको कक्षीय मिशन पूरा गर्न लागेका छन् ।

यसैबीच, नयाँ टोली लिएर गएको शेनझोउ–२१ मिसन शनिबार सफलतापूर्वक तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा डक भएको छ । नयाँ टोलीले शेनझोउ–२० का अन्तरिक्ष यात्रीहरूको स्थान ग्रहण गर्नेछ ।

चीनले सन् २००३ मा पहिलो पटक आफ्ना नागरिकलाई अन्तरिक्षमा पठाएपछि निरन्तर प्रगति गर्दै आएको छ । आज चीनले आफ्नै स्थायी अन्तरिक्ष स्टेशन निर्माण गरी नियमित रूपमा मानवयुक्त मिशन सञ्चालन गरिरहेको छ ।

यससँगै, चिनियाँ अन्तरिक्ष निकायले सन् २०३० भित्र व्यक्तिलाई चन्द्रमामा अवतरण गराउने महत्त्वाकांक्षी लक्ष्य पनि तय गरेको छ ।

यो पछिल्लो ढिलाइलाई चिनियाँ अधिकारीहरूले सावधानीका रूपमा लिएका छन् । सम्भावित भग्नावशेषको प्रभावको सम्पूर्ण मूल्याङ्कन गरेपछि मात्र अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइने बताइएको छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : १८ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली