पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु « Khabarhub

पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागूऔषध ओसार–पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जालमार्फत जानकारी दिए।  

राष्ट्रपति (डोनाल्ड) ट्रम्पको निर्देशनमा, युद्ध विभागले एक नामित आतंकवादी सङ्गठनद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जहाजले लागुऔषध बोकेको दाबी गर्दै हेग्सेथले आफ्नो पोस्ट मार्फत जनाए । 
 
आक्रमणमा कुनै अमेरिकी सेनाहरू प्रभावित नभएको उल्लेख गर्दै आतङ्ककारीहरूको डुङ्गामा सवार दुई जनाको मृत्यु भएको छ । सेप्टेम्बर २ देखि, अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्तमा १७ डुङगाहरुमा आक्रमण गर्दा  ६६ जनाको मृत्यु भएको दाबी गरेको छ ।

ट्रम्प प्रशासनले अगस्ट देखि क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति पनि विस्तार गरेको छ । शुक्रबार ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलाका सैन्य सुविधाहरूमा आक्रमण गर्ने मिडिया रिपोर्टहरूको खण्डन गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाभित्र भूमि आक्रमण गर्ने कि नगर्ने भन्नेबारे अझै निर्णय नगरेको बताए ।  

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने बारम्बार आफ्नो सरकारलाई अपदस्थ गर्ने र ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभाव विस्तार गर्ने प्रयासको स्वरूपको वाशिंगटनको कार्यहरूको निन्दा गरे । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले गत महिना समुद्रमा लागूऔषध संदिग्धहरूको हत्या अमेरिकी सरकारले गरेको आरोप लगाए। 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : २३ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक