घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखाए « Khabarhub

घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखाए


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीहरू बिदा हुनुपर्ने नेताहरूका कारण विभाजित हुन पुगेको बताएका छन् ।

राजनीतिबाट बिदा लिएर विश्राम गर्नुपर्ने शीर्ष नेताहरूका कारण कम्यनुिस्ट पार्टीहरू अहिलेको संकटपूर्ण अवस्थामा टुक्रा टुक्रा हुन पुगेको गुनासो उनले गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीचको एकता प्रक्रिया अस्वीकार गरेर अलग्गै बसेका भुसालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनले माओवादीसँग एकताको निर्णय अध्यक्ष माधवकुमार नेपालले बहुमतबाट सुनाए पनि त्यसलाई अस्वीकार गरेर आफूहरू पार्टी पुनर्निर्माणको निर्णयमा पुगेको पनि जानकारी दिएका छन्।

‘पार्टीको बहुमतबाट एकतामा जाने निर्णय भयो । तर हामी पदको बार्गेनिङ नगरी आफ्नो अहसमति राखेर बाहिरिएका हौँ’, उनले भने, ‘हामीले नौ दलको एकता प्रक्रियाबारे प्रश्न उठाएका हौँ । त्यहीकारण हामी उक्त प्रक्रियाबाट बाहिरिएका हौँ ।’

महासचिव भुसालले पतञ्जलिको जग्गामा भ्रष्टाचार मुद्दा लागेपछि राजीनामा दिनुभन्दा अध्यक्ष माधवकुमार नेपालले बहुमतको बल देखाएको पनि गुनासो गरे ।

‘भ्रष्टाचार मुद्दा लागिसकेपछि हामीले उहाँलाई पद छाड्नुस भन्यौँ’, उनले भने, ‘तर उहाँले पार्टीमा बहुमत देखाएर त्यसलाई अस्वीकार गर्नु भयो ।‘

भुसालले भ्रष्टाचार जस्तो गम्भीर आरोप लाग्दा पनि अध्यक्ष नेपालले बलमिच्याइँ गरेर पद छाड्न नमानेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ४१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग