घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखाए « Khabarhub

घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखाए


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीहरू बिदा हुनुपर्ने नेताहरूका कारण विभाजित हुन पुगेको बताएका छन् ।

राजनीतिबाट बिदा लिएर विश्राम गर्नुपर्ने शीर्ष नेताहरूका कारण कम्यनुिस्ट पार्टीहरू अहिलेको संकटपूर्ण अवस्थामा टुक्रा टुक्रा हुन पुगेको गुनासो उनले गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीचको एकता प्रक्रिया अस्वीकार गरेर अलग्गै बसेका भुसालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनले माओवादीसँग एकताको निर्णय अध्यक्ष माधवकुमार नेपालले बहुमतबाट सुनाए पनि त्यसलाई अस्वीकार गरेर आफूहरू पार्टी पुनर्निर्माणको निर्णयमा पुगेको पनि जानकारी दिएका छन्।

‘पार्टीको बहुमतबाट एकतामा जाने निर्णय भयो । तर हामी पदको बार्गेनिङ नगरी आफ्नो अहसमति राखेर बाहिरिएका हौँ’, उनले भने, ‘हामीले नौ दलको एकता प्रक्रियाबारे प्रश्न उठाएका हौँ । त्यहीकारण हामी उक्त प्रक्रियाबाट बाहिरिएका हौँ ।’

महासचिव भुसालले पतञ्जलिको जग्गामा भ्रष्टाचार मुद्दा लागेपछि राजीनामा दिनुभन्दा अध्यक्ष माधवकुमार नेपालले बहुमतको बल देखाएको पनि गुनासो गरे ।

‘भ्रष्टाचार मुद्दा लागिसकेपछि हामीले उहाँलाई पद छाड्नुस भन्यौँ’, उनले भने, ‘तर उहाँले पार्टीमा बहुमत देखाएर त्यसलाई अस्वीकार गर्नु भयो ।‘

भुसालले भ्रष्टाचार जस्तो गम्भीर आरोप लाग्दा पनि अध्यक्ष नेपालले बलमिच्याइँ गरेर पद छाड्न नमानेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ४१ बजे

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने

‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई