नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास | Khabarhub Khabarhub

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका दुई नेतालाई फकाउने अन्तिम प्रयास गरेका छन् ।

मंगलबार साँझ गुन्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई प्रचण्डले आफ्नो खेमामा तान्ने अन्तिम कोसिस गरेका हुन् ।

प्रचण्डले यी दुवै नेताहरूसँग आफ्नै निवास खुमलटारमा बुधबार बिहान लामो संवाद गरेका हुन् । यी दुवै नेता एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता घोषणामा असहमति जनाउँदै अलग्गिएका छन् । उनीहरू दुवैजना तत्काल कतै नगई एकीकृत समाजवादीलाई नै पुनर्गठनको योजनामा छन् ।

यद्यपि खनालले ओलीसँग संवाद गरेपछि उनी एमालेमा फर्किने लख पनि काटिएको छ । तर उता घनश्याम भुसाल भने अब नयाँ शक्ति निर्माणमा लाग्ने सम्भावना बलियो छ। यी दुवै नेतालाई एकता घोषणा सभामै उपस्थित गराउने जमर्कोस्वरुप प्रचण्डले छलफल गरेका हुन् ।

उक्त छलफलमा झलनाथ र घनश्यामलाई वामपन्थी एकताको प्रस्थानबिन्दुका रुपमा रहेको यो पार्टी एकतालाई सघाउन प्रचण्डले प्रस्ताव गरेको खुलेको छ।

तर, दुवैजना नेताले कम्युनिस्ट आन्दोलन पुनर्गठनको बाटो नै अहिलेका लागि उचित रहेको जवाफ दिएका थिए । भुसालले त्यहीअनुसार बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । तर उक्त पत्रकार सम्मेलनमा नेता खनाल भने देखिएनन् । घनेन्द्र बस्नेत र जीवनराम श्रेष्ठले उनलाई साथ दिए ।

यसअघि मंगलबार मात्रै प्रचण्डको निर्णयमा असहमति जनाउँदै एकताबाट बाहिरिएका माओवादी नेता जनार्दन शर्मा प्रभाकारले पनि प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् ।

जनार्दनलाई राम कार्की, अञ्जना विसंखे, सन्दीप पुन र सुदन किरातीसहितले साथ दिएका छन् । एकातिर एकताको निर्णय भइरहँदा केही दिनभित्रै चार भन्दा धेरै पार्टी टुक्रा टुक्रा भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ५४ बजे

विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको विशेष महाधिवेशन

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी

बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

टिचिङ हस्पिटलमा ल्याइयो यलुङरीको हिमपहिरो ज्यान गुमाएका पर्यटकको शव 

काठमाडौं– दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका

मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना आवश्यक : उपाध्यक्ष पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद् पुर्नस्थापना गरि संविधान