प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस् « Khabarhub

प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस्


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकेन्द्र विष्ट मगरले नेकपा माओवादी केन्द्र छाडेको नै १२ वर्ष बितिसकेको छ । उनले २०७२ साउन पहिलो साता माओवादी स्थायी कमिटी सदस्य हुँदा हुँदै माओवादी छाडेका थिए ।

हिजोको ‘जनयुद्ध’का दर्जनौँ सहयात्रीसँगै प्रचण्डको साथ छाड्ने नेता मगर पनि एकजना हुन् । उनले एकताको क्रममा होस् या पुनर्गठन/पुनर्निर्माण/
पुनर्सुदृढीकरण भनेर होस्, जो जहाँ पुगे पनि ढिलोछिटो भेट हुनर् बताएका छन् ।

‘पृथ्वी गोलो छ। हाम्रा चाल र ताल उनै हुन्। त्यसैले धेरै पानी धमिल्याएर त्यसैमा होस/विवेक नै गुमाएर मनलाग्दी अमिलो नमिसाउनु’, उनी भन्छन्, ‘जसले त्यो भेटमा हत्तपत्त कालो चश्मा र मास्क लगाएर बाटो काट्ने आपतकाल नआइदेओस् ।’

उनले भेटिने र छुट्टिने क्रमलाई नियमित प्रक्रिया भन्दै आफूलाई पनि एक दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा फर्किन आग्रह गरेको सुनाए ।

उनले माओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले छाडेको भन्दै आफूलाई पार्टीमै फर्किन प्रचण्डले अपिल गरेको खुलासा गरेका छन् ।

‘एकदिन कमरेड प्रचण्डले फोन गरेर भन्नुभयो, ‘बाबुराम निस्कनुभयो, अब आउनुहोस्’, उननले विगत सम्झिँदै भनेका छन्, ‘अनि मैले भनेँ, ‘बाबुराम र मबीचमा कुन वर्ग-दुस्मनी थियो र ? त्यसपछि हाम्रो (प्रचण्ड र लोकेन्द्र) कुराकानी भेटघाट छैन।’

विष्ट मगरले प्रचण्ड लाजिम्पाटमै बस्दा राजीनामा बुझाएर हिँडेका थिए । अहिले प्रचण्ड खुमलटारमा बस्छन् भने विष्ट मगर केही वर्ष कृषि खेतीमा लागेर पनि अहिले आराम गरिरहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : १६ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित