जेन-जीले उठाएको आवाजलाई आत्मसात गर्न हामी तयार छौं : वर्षमान पुन « Khabarhub

जेन-जीले उठाएको आवाजलाई आत्मसात गर्न हामी तयार छौं : वर्षमान पुन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले जेन-जी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न आफूहरू तयार भएको बताए । बुधबार राजधानीमा १० कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् ।

आजको डिजिटल पुस्ताले संसारभरिको विकास देखेको र त्यसलाई सम्बोधन गर्ने कार्यभार आफूहरूमा आएको भन्दै उनले जेन-जी युवाले आन्दोलनको पहिलो दिन भ्रष्टाचारको विरुद्धमा उठाएको कुरालाई आफ्नो पार्टीले आत्मसात गर्न तयार रहेको बताए ।

तर, दोस्रो दिन भएको प्रहार भने आफूहरूलाई स्वीकार नभएको भन्दै उनले त्यसको छानबिन गरिनुपर्ने बताए । लोकतन्त्रको विकल्प झन राम्रो लोकतन्त्र र दलको विकल्प झन राम्रो दल भएको समेत उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै