बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर | Khabarhub Khabarhub

बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन्।

जिल्ला अदालत र उच्च अदालतबाट समेत एक वर्षअघि नै दोषी ठहर भएका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको थियो।

उनलाई बुधबार अदालतमा उपस्थित गराएर तोकिएको सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले बताए।

शेर्पा ताप्लेजुङका हुन् । उनी पछिल्लो समय भक्तपुरको गुन्डुमा रहेर अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए । शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्ष पनि थिए ।

बहुविवाहको मुद्दा परेपछि उनलाई २०७९ मा जिल्ला अदालतले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यसविरुद्ध शेर्पा उच्च अदालत पाटन पुगेका थिए ।

त्यहाँ पनि शेर्पाको मुद्दामा जिल्लाकै फैसला सदर भएको थियो । तर उनी शक्तिको आडमा बाहिरै रहेको अवस्थामा अब जेल गएको हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०९ बजे

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने

‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।