पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा « Khabarhub

पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्युनिष्ट एकता प्रक्रियाबाट अलग भएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोलक तीब्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले एकता प्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारे ।

उनले अहिलेको अवस्थामा इमानदार क्रान्तिकारीहरूले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताए । तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै उनले नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल गरे । 

आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने भन्दै उनले राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरे । त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने उनले जानकारी दिए ।

आन्दोलनको विचार र संगठन तथा जीवनवृत्तिमा समेत व्यापक पुनर्गठन अति जरुरी रहेकाले अव आफूहरूको ध्यान त्यसतर्फ हुने उनले बताए ।

उनले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको घोषित उद्देश्यका साथ बनेको पार्टीले आफ्नो औचित्य स्थापित नगर्दै एकीकरणको प्रक्रिया अघि बढाउनु ठूलो घोका भएको उल्लेख गरे ।

एकताका नाममा उल्टो बाटो हिँडेर तमासा गर्न लागेको टिप्पणी गर्दै भुसालले त्यस्तो एकताले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै जाने बताए ।

भुसालले पुनर्गठित पार्टीहरूको ध्रुविकरण र एकताका आधारमा सिङ्गो कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न सकिने उल्लेख गरे ।

भुसालले अहिलेको अवस्थामा प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्ने घोषणा गरे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको जिकिर गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ३६ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।