झलनाथको आरोप : जेन–जीका नाममा ‘सन्ड मुसुन्ड’ले देशमा कोतपर्व भन्दा ठूलो विध्वंश मच्चाए « Khabarhub

झलनाथको आरोप : जेन–जीका नाममा ‘सन्ड मुसुन्ड’ले देशमा कोतपर्व भन्दा ठूलो विध्वंश मच्चाए


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।

अन्तिम समयमा सहभागी हुन पुगेका उनले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार असफल भएपछि जेन–जी आन्दोलन जन्मिएको बताएका छन्।

उनले आन्दोलनको सुरुवाती उद्देश्यप्रति पूर्ण समर्थन रहेको बताउँदै भने, ‘जेन–जी भाइबहिनीहरूको आन्दोलनमा हाम्रो पूर्ण समर्थन थियो, मैले पनि समर्थन गरेको थिएँ।’

तर खनालले भदौ २३ गते सुरु भएको आन्दोलनमा बाह्य शक्तिहरूले हस्तक्षेप गरेपछि हिंसा फैलिएको आरोप लगाए।

‘भदौ २३ गतेको आन्दोलनलाई अरू सन्ड मुसुन्डले कब्जा गरेपछि हिंसा भयो,’ उनले भने, ‘भदौ २४ गते तिनै सन्ड मुसुन्डले ठूलो विध्वंश मच्चाए। कोत पर्वभन्दा पनि ठूलो, अलौ र भण्डारखाल घटनाभन्दा पनि व्यापक हत्याकाण्ड र हिंसा भयो।’

उनले त्यस्तो विध्वंसपछि देश गम्भीर संकटमा परेको बताउँदै अबको पुनर्निर्माण जिम्मेवारी कम्युनिस्टहरूले लिनुपर्ने स्पष्ट गरे।

‘नेपाल अहिले त्यो विध्वंशको शिकार भएको देश हो,’ खनालले भने, ‘यसको पुनर्निर्माण कम्युनिस्टहरूले मात्रै गर्न सक्छन्।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २२ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित